नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन | Khabarhub Khabarhub

नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।

यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

प्राप्त जानकारी अनुसार झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारेको एजेन्डा प्रवेश गराउदै यसमा प्रधानमन्त्रीको धारणा मागेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा दुई दिन अगाडी नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले समेत नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ३१ बजे

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा