एजेण्डामै प्रवेश नगरी सकियाे आजको नेकपा स्थायी कमिटी बैठक « Khabarhub

एजेण्डामै प्रवेश नगरी सकियाे आजको नेकपा स्थायी कमिटी बैठक


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी कमिटी बैठकमा आज पूर्वनिर्धारित कार्यसूचीमा प्रवेश र छलफल नै नगरी सकिएको छ ।

सरकार हटाउन भारत लागिपरेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मङ्गलबार स्थायी कमिटी त्यही विषयमा केन्द्रित भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनका विषयमा मात्र छलफल भएको जानकारी दिए ।

बैठकमा आज सीमा समस्यासम्बन्धी छलफल सकाएर कोभिड–१९ को विषयमा कार्यसूची रहे पनि छलफल हुन नसकेको उनले बताए ।

‘सीमा समस्या विषयमा बोल्न बाँकी सदस्यहरुले धारणा राख्ने र कोभिड–१९ को विषयमा छलफल गर्ने कार्यसूची थियो ‘, उनले भने , तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेर स्थायी कमिटीले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले आफूलाई हटाउन खोजेको, भारत र पार्टीका नेताहरुकै संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल त्यसैमा केन्द्रित भयो ।’

दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘म यही पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यही हो ।’

मङ्गलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावललगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।

अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ३० बजे

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र