बोइङ ७३७ म्याक्सको परीक्षण उडान शुरु « Khabarhub

बोइङ ७३७ म्याक्सको परीक्षण उडान शुरु


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानफ्रान्सिस्को– अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न अनुमति दिएको छ ।

एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो ।

एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ ।

संघीय प्रशासन र बोइङ कम्पनीबीच बिमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो ।

अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो । तर यी उडानको सफलतापछि पनि तत्कालै बिमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन । अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ ।

एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ ।

बोइङको ७३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन् ।

एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए । अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण बिमान दुर्घटना हुने गरेको अनुमान गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ४२ बजे

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको

भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा

पूर्वी नेपालको पर्यटन प्रर्वद्धनमा महिला व्यवसायी सक्रिय

काठमाडौं– पूर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु

सरकारलाई कांग्रेसले भन्यो- प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश नै दुर्घटनामा पर्ला !

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले