प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् ।

मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधवार (आज) ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई छलफलमा डाकेका हुन् ।

प्रधानमन्त्री ओलीले साढे २ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका छन् । ओलीलाई स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै शीर्ष नेताहरुले राजीनामा माग गरेका थिए ।

मंगलबारको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले स्थायी कमिटीमा ओलीको राजीनामा मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : २१ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर