यो गफ गर्न बनेको सरकार होइन– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

यो गफ गर्न बनेको सरकार होइन– प्रधानमन्त्री ओली


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई आर्थिक उन्नती र विकासको बाटोमा तिब्र गतिमा लैजानुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रिय विकास परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक उन्नतिको बाटोमा, विकासको बाटोमा हिड्नु पर्ने जरुरी रहेको भन्दै अलमलिनु झस्किनु नपर्ने गरी लाग्नु पर्ने अवस्था भएको बताए ।

सरकार १५ औं पञ्चवर्षीय योजनाको तयारीमा रहेको र त्यसका निम्तिको मस्यौदामा छलफल गरिरहेका भन्दै प्रधानमन्त्री ओलीले मूल राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपालीलाई पूरा गर्ने तर्फ अघि बढ्नु पर्ने बताए ।

राजनीतिक आधार तयार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई व्यवस्थिगत ढंगले कार्यक्रम र कार्ययोजनामा राखेर अघि बढ्नु पर्ने बताए । ‘यो गफ गर्न बनेको सरकार होइन, काम गर्न बनेको सरकार हो’ ओलीले भने । यो सरकारले गरेजति काम कहिल्यै पनि नभएको भन्दै ओलीले आगामी दिन थप गतिका साथ सरकारले काम गर्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले अहिले देशको परिस्थितिपनि सकारात्मक र सहज बनेको भन्दै विकास तर्फ अघि बढ्न समस्या नभएको बताए ।

‘आन्दोलनको माध्यबाट सार्वभौम सत्ता सम्पन्न संविधान जारी भएको र त्यसले परिकल्पना गरेको संघीयता रहेको, सबै तहमा सरकार छन् र यी उत्तरदायी छन् त्यसैयो यो अनुकुलतामा हामीलाई छ’ ओलीले भने ।

विभिन्न समयमा भएका आन्दोलनका उपलव्धि जोगाउन नसकिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले पनि जोगाउन सकिएन भने भन्दै कतिपयले प्रश्न गरिरहेको भएपनि त्यस्तो नहुने दाबी गरे. । विगतका कमी कमजोरी हटाउँदै अघि बढ्दा समस्या उत्पन्न नहुने ओलीको भनाइ थियो ।

सरकार परिवर्तन हुने र संसदीय अंक गणितका आधारमा कसलाई मिलाउने कसलाई पछार्ने स्थीतिबाट सरकार मुक्त रहेको प्रधानन्त्रीको भनाइ थियो । यो अवस्थाबाट मुक्तिका लागि जनताले बाक्क भएर बहुमतको सरकार बनाएको र यसले राजनीतिक स्थायीत्व प्रदान गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

संविधानसँग असहतिका स्वरहरु समाप्त भएको भन्दै प्रधानमन्त्री ओलीले पृथकतावाद जस्ता कुराहरु समाप्त भएको बताउँदै राष्ट्र अब संविधान अन्तर्गत शान्तिपूर्ण राजनीतिको मूलधारमा सिंगै देश समाहित भएको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालको विकासको प्रयासलाई साथ र सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय तत्पर रहेको दाबी गरे । लगानी सम्मेलने यसलाई स्पष्ट पारेको ओलीको भनाइ थियो । ‘हमीसँग सहकार्य गर्न दुनिया तयार छ , अब शुसासन र विकासमा केन्द्रीत गर्न श्रोत साधन क्षमता मा केन्द्रीत गर्न पूजी परिचालन गर्न हामी पछि हट्दैनौं ।’

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १ : ०० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष