बिहीबार कांग्रेस कार्यालय बन्द, पार्टीको झण्डा आधा झुकाइने « Khabarhub

बिहीबार कांग्रेस कार्यालय बन्द, पार्टीको झण्डा आधा झुकाइने


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालमा शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो ।

पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने बताएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएकामा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

उनको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैबीच कांग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीकी नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ५ : २३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका