अमेरिकामा एकै दिनमा ५० हजार कोरोना संक्रमित थपिए « Khabarhub

अमेरिकामा एकै दिनमा ५० हजार कोरोना संक्रमित थपिए


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार २ सय ९० जना कोरोना संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अमेरिकामा कुल २७ लाख ७८ हजार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा यति धेरै संख्यामा संक्रमित थपिने मुलुकमा अमेरिका पहिलो हो ।

अमेरिकामा गएको २४ घण्टामा ६ सय ६६ जना व्यक्तिको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ ।

त्यस्तै हाल १४ लाख ८७ हजार ६ सय १२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ११ लाख ५९ हजार ७ सय ४३ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै न्यूयोर्क प्रभावित भएको छ । न्युयोर्कमा ४ लाख १८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ हजार १ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

न्युयोर्कपछि क्यालिफोर्नियामा २ लाख ३८ हजार ३ सय ९१ जनामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना