खुमलटार बैठकको निष्कर्ष : पार्टी विभाजन हुन दिनुहुँदैन « Khabarhub

खुमलटार बैठकको निष्कर्ष : पार्टी विभाजन हुन दिनुहुँदैन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् ।

हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले झम्सिखेलमा परामर्श गरेका छन् ।

त्यस्तै आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका ओली पक्षधर नेतासँग प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका छन् ।

छलफलका क्रममा पार्टी एकता मजबुद बनाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए ।

पार्टी भित्रको विवाद चाँडै हल गर्ने विषयमा कुराकानी भएको भएको उनले जानकारी दिए ।

उनले भने, ‘पार्टी एकता कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भयो, यसका लागि थप छलफल गर्न आवश्यक भएको निष्कर्ष निकालिएको छ ।’

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए ।

प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिबोल गजुरेल र नेपाल समूहका सुरेन्द्र पाण्डे सहभागी थिए ।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : १४ बजे

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको