खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण « Khabarhub

खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ ।

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो ।

समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतको उपस्थितिमा बुधबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उत्तरगङ्गा नमुना र शिवालय माविको क्वारेन्टिन स्थलमा ती उपकरण वितरण गरिएको थियो । यस्तै तमानखोलाको जनजागृति, निसीखोलाको प्रभा, ज्ञानेन्द्र, बडिगाडको त्रिभुवन, भानु र खारमाविमा सञ्चालित क्वारेन्टिन स्थलमा पनि उपकरण वितरण गरिएको थियो ।

हातले नछोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उपकरणले कोरोना भाइरसलगायत अन्य किटाणुबाटसमेत जोगाउने उनले बताए । खुट्टाले चलाएर हात धुन मिल्ने उक्त उपकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ ।

धारो हातले खोल्ने, बन्द गर्ने गर्दा कोरोना भाइरस सर्न सक्ने हुँदा खुट्टाले चलाउन मिल्ने प्रविधि विकास गरिएको हो । उक्त प्रविधियुक्त धारोमा खुट्टाले थिचेपछि पानी र साबुन खस्छ । हातले कतै नछोइकल मिचिमिचि हात धुन सकिन्छ ।

कोरोना रोकथाम र नियन्त्रणमा यसले सघाउने विश्वास गरिन्छ । सोही उद्देश्यका लागि स्थानीय तहमा रहेका आइसोलेसन र क्वारेन्टिनमामा उपकरण सहयोग गरिएको सो सस्था ले जनाएको छ । उक्त संस्था खानेपानी र सरसफाइका क्षेत्रमा क्रियाशील छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : २१ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि