खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण | Khabarhub Khabarhub

खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ ।

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो ।

समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतको उपस्थितिमा बुधबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उत्तरगङ्गा नमुना र शिवालय माविको क्वारेन्टिन स्थलमा ती उपकरण वितरण गरिएको थियो । यस्तै तमानखोलाको जनजागृति, निसीखोलाको प्रभा, ज्ञानेन्द्र, बडिगाडको त्रिभुवन, भानु र खारमाविमा सञ्चालित क्वारेन्टिन स्थलमा पनि उपकरण वितरण गरिएको थियो ।

हातले नछोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उपकरणले कोरोना भाइरसलगायत अन्य किटाणुबाटसमेत जोगाउने उनले बताए । खुट्टाले चलाएर हात धुन मिल्ने उक्त उपकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ ।

धारो हातले खोल्ने, बन्द गर्ने गर्दा कोरोना भाइरस सर्न सक्ने हुँदा खुट्टाले चलाउन मिल्ने प्रविधि विकास गरिएको हो । उक्त प्रविधियुक्त धारोमा खुट्टाले थिचेपछि पानी र साबुन खस्छ । हातले कतै नछोइकल मिचिमिचि हात धुन सकिन्छ ।

कोरोना रोकथाम र नियन्त्रणमा यसले सघाउने विश्वास गरिन्छ । सोही उद्देश्यका लागि स्थानीय तहमा रहेका आइसोलेसन र क्वारेन्टिनमामा उपकरण सहयोग गरिएको सो सस्था ले जनाएको छ । उक्त संस्था खानेपानी र सरसफाइका क्षेत्रमा क्रियाशील छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : २१ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक