स्थायी कमिटी बैठक रोकेर नेकपा नेताहरू आपसी छलफलमा | Khabarhub Khabarhub

स्थायी कमिटी बैठक रोकेर नेकपा नेताहरू आपसी छलफलमा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आधा घण्टा पनि नबसी स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएको तथा सरकारले फेरि पनि संवाद नै नगरी अकास्मात संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि त्यसबारे नेताहरूले आन्तरिक छलफल गरेर आवश्यक धारणा तय गर्न बैठक केहीबेरलाई स्थगित भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘बैठक केहीबेरलाई स्थगित भएको हो, हामी बैठक कक्षमै छौँ,’ पन्तले भने,’नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ, सम्भवत केहीबेरपछि बैठक पुनः सुरू हुन्छ ।’

स्थायी कमिटी बैठकअघि राष्ट्रपतिलाई भेटेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट संसद् अधिवेशन अन्त्यको सिफारिस गरेपछि उनले अध्यादेश ल्याउन लागेको आशंका बढेको ओलीइतरका नेताहरूले बताएका छन् । त्यसलगत्तै नेताहरू छलफलमा जुटेका हुन् ।

अहिले ओली र प्रचण्ड तथा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरूबीच छलफल भइरहेको स्रोतले बताएको छ ।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।  पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

अहिलेको कानूनले कुनै पनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था नरहेको दाबी गरिदैँ आएको छ ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उनी आफ्नो सत्ता टिकाउन आन्तरिक तथा बहुपक्षीय छलफलमा जुट्दै विभिन्न विकल्पहरूको खोजीमा लागि परेको बताइएको छ ।

पार्टीले गर्नसक्ने सम्भावित निर्णयपछि उत्पन्न परिस्थितिलाई सामना गर्न तथा आफू अनुकूलको निर्णयका लागि सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीसँग पटकपटक परामर्श गरेका ओलीलाई शीतलनिवासले दर्बिलो साथ दिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ५७ बजे

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल