साम्राज्ञीले लगाएका आरोपको छानबिन गर्न भन्दै भुवनले दिए कलाकार संघमा निवेदन « Khabarhub

साम्राज्ञीले लगाएका आरोपको छानबिन गर्न भन्दै भुवनले दिए कलाकार संघमा निवेदन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरोपहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।

उनले आफ्नो चरित्र हत्या हुने किसिमका कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त भएको देखिएको भन्दै छानबिन गर्न उजुरी दिएका हुन् ।

केसीले निवेदनमार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् ।

तर, साम्राज्ञीले भने भिडियोमार्फत एक निर्माताले ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाएकी छिन् । साम्राज्ञीले भुवनको नाम भने उक्त भिडियोमा उल्लेख गरेकी छैनिन् ।

भुवनले भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्युब लगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्र हत्या गरेको र चलचित्र क्षेत्रको नै बदनाम भएको अनभुव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।

साथै उनले केही घण्टापहिले सामाजिक सञ्जाल फेसबूकमा एक नोट लेख्दै साम्राज्ञीलाई पुनः झुठा लाञ्छना लगाएमा साइबर क्राइमअन्तर्गत उजुरी दिने बताएका थिए ।

केही दिनदेखि नायिका साम्राज्ञी र अभिनेता भुवन केसीको सामाजिक सञ्जालमार्फत दोहोरी परेको छ । साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘दुर्व्यवहार’ मा परेको बताएकी थिइन् । जवाफमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दूलो पार्ने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : ४६ बजे

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने