इँटाभट्टामा मान्छे जलाएको घटनाका थप एक आरोपी पक्राउ, ८ अझै फरार | Khabarhub Khabarhub

इँटाभट्टामा मान्छे जलाएको घटनाका थप एक आरोपी पक्राउ, ८ अझै फरार


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटको राजपुरमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको (१३ वर्षअघिको घटना)का आरोपी एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका-६ का ३४ वर्षीय शेष सरोज भन्ने शेष सराज रहेका छन्।

सोही घटनाका आरोपी नेपाली कांग्रेसका तत्कालीन सांसद अफताब आलम हाल मुद्धा पुर्पक्षका लागि कारागारमा छन्। उनीपछि अर्का प्रतिवादीलाई प्रदेश-२ प्रहरीले गत महिना पक्राउ गरेको थियो।

प्रहरीले २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन भएको घटनामा अनुसन्धान गर्दै गत वर्ष आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनाविरुद्ध मुद्धा दर्ता भएकामा अझै ८ जना फरार छन्।

आलमले भोलिपल्ट हुने निर्वाचनमा धाँधली गर्न स्थानीय इद्रिस शेखको गोठघरमा बम बनाइरहेको बेला विस्फोट भएको र त्यसपछि मृतक तथा घाइतेलाई नजिकैको इटाभट्टामा लगेर हालेर मारेको आरोप लागेको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ४३ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका