इँटाभट्टामा मान्छे जलाएको घटनाका थप एक आरोपी पक्राउ, ८ अझै फरार « Khabarhub

इँटाभट्टामा मान्छे जलाएको घटनाका थप एक आरोपी पक्राउ, ८ अझै फरार


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटको राजपुरमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको (१३ वर्षअघिको घटना)का आरोपी एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका-६ का ३४ वर्षीय शेष सरोज भन्ने शेष सराज रहेका छन्।

सोही घटनाका आरोपी नेपाली कांग्रेसका तत्कालीन सांसद अफताब आलम हाल मुद्धा पुर्पक्षका लागि कारागारमा छन्। उनीपछि अर्का प्रतिवादीलाई प्रदेश-२ प्रहरीले गत महिना पक्राउ गरेको थियो।

प्रहरीले २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन भएको घटनामा अनुसन्धान गर्दै गत वर्ष आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनाविरुद्ध मुद्धा दर्ता भएकामा अझै ८ जना फरार छन्।

आलमले भोलिपल्ट हुने निर्वाचनमा धाँधली गर्न स्थानीय इद्रिस शेखको गोठघरमा बम बनाइरहेको बेला विस्फोट भएको र त्यसपछि मृतक तथा घाइतेलाई नजिकैको इटाभट्टामा लगेर हालेर मारेको आरोप लागेको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ४३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ