संसदलाई थाहै नदिई अधिवेशन अन्त्य गर्नु संविधान विरुद्धको कदम : संविधानविद् आचार्य | Khabarhub Khabarhub

संसदलाई थाहै नदिई अधिवेशन अन्त्य गर्नु संविधान विरुद्धको कदम : संविधानविद् आचार्य


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संविधानविद् डा भिमार्जन आचार्यले संसदलाई नै जानकारी नदिई अधिवेशन अन्त्य गर्नु मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको विरुद्ध रहेको बताएका छन् ।

यसरी आफूखुसी कामहरु गर्दै जाँदा संसदीय व्यवस्था नै खण्डित हुनसक्ने उनले बताएका छन् ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

राष्ट्रपति भण्डारीले तत्काल नै बिहीवार साँझ ५ बजेबाट संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको भन्दै संसद सचिवालयमा सूचना पठाएकी थिइन् ।

यही राजनीतिक घटनाक्रमलाई लिएर संविधानविद आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्-  “संसद्लाई कुनै थाहा जानकारी नदिई अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् र राष्ट्रपतिको कदम संविधानको बिरूद्धमा छ। संसद्लाई सरकारले यसरी आफू खुशी उपयोग गर्दै जाने हो भने संसदीय ब्यवस्थाको अवधारणा नै खण्डित हुन जान्छ।”

उनले संवैधानिक लोकतन्त्रमा सरकार संसद् र संविधान दुवैको अधिनमा बस्नुपर्ने बताएका छन्  ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ३० बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक