घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी | Khabarhub Khabarhub

घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : घाटा बढेको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख घाटा हुने प्रक्षेपणसहित फेरि मूल्य बढाउने तयारी गरिएको हो ।

निगमका अधिकारीहरूले मूल्यबृद्धिको तयारीको विषयलाई गोप्य नै राखे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा बढेकाले चुनौती थपिएको बताएका छन् ।

नेपाल आयल निगमले यसअघि जुन १५ समायोजन गरेको मूल्य अनुसार पनि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको बताउँदै आएको छ। अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ।

निगमले यही असार १६ मा पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्य बढाएको थियो।

सरकारले बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलको भन्सार १० रुपैयाँ थपेको थियो ।  इन्धनको मूल्यमा भन्सार वृद्धिपछि अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य उकालो लाग्न थालेको छ।

कोरोना संक्रमणपछि विश्वका धेरैजसो मुलुक लकडाउनमा रहँदा विश्व बजारमा ऋणात्मक अवस्थामासमेत पुगेको कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल ४३ अमेरिकी डलर पुगिसकेको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ३८ बजे

जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद

जनकपुरधाम– विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र

अर्थमन्त्रीले ठेकेदारलाई भने – ‘२२ अर्ब रुपैयाँ भुक्तानी दिइसकेँ, कानूनअनुसार चल्नुस्‌’

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा

भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर बिष्ट र निमित्त

प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन

काठमाडौं- सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा

खाद्यपदार्थमा दोब्बर मुद्रास्फीति

काठमाडौं– अघिल्लो वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच