६ वर्षको उमेरमा ‘सिक्स प्याक’ ! « Khabarhub

६ वर्षको उमेरमा ‘सिक्स प्याक’ !


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्रायः मानिस आफुलाई फिट राख्न अनेकन उपाय अपनाइ रहेका हुन्छन् । विशेषत युवा वर्ग फिटनेश प्रति बढि आर्कषित छ ।

वृद्ध उमेरका मानिस पनि अवस्था अनुसार रोग नलागोस् भनेर बिहानबेलुका हल्का शारीरिक ब्यायाम गर्दछन् । तर साना नानीहरुमा भने फिटनेशको कुनै चाह हुदैन ।

अभिभावक समेत आफ्ना बच्चाहरु हृष्टपुष्ट हुन् भन्ने तर्फ नै हुन्छन् । तर ईरानका एक ६ बर्षका बालकमा भने फिटनेसको भुत यतिसम्म चढेको छ कि केवल ६ बर्षको उमेरमा उनले सिक्स प्याक बनाएका छन् ।

६ बर्षकै उमेरमा सिक्स प्याक बनाएका यी बालकको चर्चा विश्वभर छ । इरानका यी बालकको नाम हो, आरत होसैनी ।

ईरानको बाबोल शहरका निवासी आरत सामाजिक सञ्जालमा स्टार बनेका छन् । उनको चर्चा कति छ भन्ने कुरा उनको सामाजिक सञ्जालका फ्यानको संख्याबाट पत्ता लाउन सकिन्छ ।

आरत होसैनी

इन्स्टाग्राममा उनको ४२ लाख भन्दा बढि फलोअर्स छन् । यति मात्र होइन उनको एक पोष्टमा लाखौ लाइक आउने गर्दछ ।

आरतको जन्म इग्लैण्डमा सन् २०१३ सेटेक्बर ३० मा भएको थियो । उनी लिभरपुल एकेडमीमा स्पोर्ट्स ट्रेनिग लिइरहेका छन् ।

९ महिनाको उमेरमा नै जिमनास्टिक थालेका आरतले दुई बर्षको उमेरसम्म आइपुग्दा नै अन्र्तराष्ट्रिय चर्चा कमाइसकेका थिए । आरतको चर्चा र उपलब्धिको श्रेय उनका पिता मोहम्मदलाई जान्छ ।

यी बालकमा सिक्स प्याक एब्सका अलावा फुटबल खेलप्रति आर्कषण छ । उनी ठुलो भएर बार्सिलोना साकर क्लबका लागी खेल्न चाहन्छन् । उनको मनपर्ने फुटबल खेलाडी लियोनल मेस्सी हुन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ४७ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु