प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा जे देखियो (फोटो फिचर) | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा जे देखियो (फोटो फिचर)


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ ।

युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको समर्थमा प्रदर्शन गरेका हुन् ।

भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ लगायतका नारा लगाएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा, भक्तपुर र पोखरामा पनि ओलीको समर्थनमा प्रदर्शन गरिएको छ ।

भक्तपुरमा ओलीको समर्थनमा निस्किएको जुलुस

 

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : १५ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार