प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा « Khabarhub

प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएका युवाहरु युवासंघका नेता तथा कार्यकर्ता भए उनिहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘पार्टी बैठक छोडेर सडकमा गरिने प्रदर्शन किमार्थ स्विकार्य छैन । पहिलो त विधि, विधान, पार्टी नमान्ने र गैरकानुनी बाटो अगुवाहरुले रोज्नु हुँदैन । दोस्रो कोरोनाका कारण मुलुक नै लकडाउन र सामाजिक दुरी कायम गर्नगराउन भूमिका खेल्नुपर्ने सत्तापक्षका हामीले सडक रोज्नु लज्जाको विषय हो’, उनले भने, ‘आज समर्थनको जुलुश खोज्दा भोलि विरोधको जुलुश लाग्यो भने चै के गर्ने ? कसैसँग उत्तर छ ? आन्दोलनमा होमिएका युवालाई कराबाही गरिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारको समर्थनमा आज युवाहरुले देशका विभन्न ठाउनमा प्रदर्शन गरेका थिए ।

युवाहरुको समूहले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थकहरु सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : ३२ बजे

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त