प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा | Khabarhub Khabarhub

प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएका युवाहरु युवासंघका नेता तथा कार्यकर्ता भए उनिहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘पार्टी बैठक छोडेर सडकमा गरिने प्रदर्शन किमार्थ स्विकार्य छैन । पहिलो त विधि, विधान, पार्टी नमान्ने र गैरकानुनी बाटो अगुवाहरुले रोज्नु हुँदैन । दोस्रो कोरोनाका कारण मुलुक नै लकडाउन र सामाजिक दुरी कायम गर्नगराउन भूमिका खेल्नुपर्ने सत्तापक्षका हामीले सडक रोज्नु लज्जाको विषय हो’, उनले भने, ‘आज समर्थनको जुलुश खोज्दा भोलि विरोधको जुलुश लाग्यो भने चै के गर्ने ? कसैसँग उत्तर छ ? आन्दोलनमा होमिएका युवालाई कराबाही गरिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारको समर्थनमा आज युवाहरुले देशका विभन्न ठाउनमा प्रदर्शन गरेका थिए ।

युवाहरुको समूहले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थकहरु सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : ३२ बजे

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर– सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज– चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब

आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा हुँदै

काठमाडौं – बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले