सबैभन्दा पिरो खानेले पनि खान नसक्ने यो खोर्सानी « Khabarhub

सबैभन्दा पिरो खानेले पनि खान नसक्ने यो खोर्सानी


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा हिमाल होस् चाहे पहाड वा तराई सबैतिर पिरो स्वादका पारखि भेटिन्छन् ।

अधिकाशं नेपालीलाई खानामा पिरो मन पर्छ । जिरे, डल्ले पिरोका लागी नाम चलेका खोर्सानी हुन् ।

तर यी खोर्सानीलाई समेत मात दिने एक खोर्सानीको प्रजाति छ, क्यारोलिना रिपर ।

क्यारोलिना रिपर खोर्सानी खान हतपत कसैले आटसम्म गर्दैनन् । यो खोर्सानीलाई विश्वको सबैभन्दा पिरो मानिन्छ ।

अमेरिकामा खेती हुने यस खोर्सानी गिनीज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ज छ ।

वैज्ञानिकका अनुसार आजसम्म यो खोर्सानी जति पिरो अरु खोर्सानी भेटिएको छैन ।

कुनैपनि खोर्सानीको पिरोपनालाई एसएचयू अर्थात स्कोवील हिट यूनिटमा मापन गरिन्छ ।

सन् २०१२ मा दक्षिणी कैरोलीनाको विनथ्रप यूनिवर्सिटीमा यस खोर्सानीको पिरोपनाको जाँच गरिएको थियो ।

जहाँ आम पिरो खोसार्नीमा एसएचयू ५ हजार पाइएकोमा यसमा १५ लाख ६९ हजार ३ सय पाइएको थियो ।

अर्थात यो खोसार्नी खान कसैले सक्दैनन् । सक्नेहरुमा निकै ठुलो हिम्मत चाहिन्छ । यो खोर्सानी खाएका मानिस अस्पतालमा भर्ना हुनु परेको रेकर्ड छ ।

क्यारोलिना गिनीज वल्र्ड रेकर्डमा दर्ज हुनु पूर्व भारतको भूत जोलकिया विश्वको सबैभन्दा पिरो खोर्सानी साबित भएको थियो । यो सामान्य खोर्सानीको तुलनामा २ सय गुणा पिरोह हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४६ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु