सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित | Khabarhub Khabarhub

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित

अर्को बैठक असार २२ गतेलाई बोलाइयो


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न अध्यक्षद्वय जुटेको र विवाद समाधानका लागि केहि समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो। स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताएका छन् ।

आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो। शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन।

दुई दिनअघि पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न भन्दै बैठक स्थगित गरिएको थियो।

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ४७ बजे

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।