भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो: डा. भट्टराई « Khabarhub

भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो: डा. भट्टराई


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाएका छन् ।

भौगोलिक र विविध सम्बन्धका हिसावले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविश्यको फैसला नै यसैले नै गर्ने गरि हल्ला गरिनु आवश्यक नभएको भट्टराईले बताए ।

सोमबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संबाद कार्यक्रममा बोल्दै डा. भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यहि देशका जनताले पाउनुपर्छ भन्ने धारण नै सरकारको आधिकारिक धारणा रहेको बताए ।

अन्तर संबादमा बोल्दै डा. भट्टराईले पार्टी र सरकारको आ आफ्नै सीमा र मर्यादा हुने भएकाले कतिपय पार्टीको धारणलाई सरकारकै आधिकारिक धारणाकै रुपमा बुझ्न नहुने विचार ब्यक्त गरे । उनले नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध भएकाले कुनै विषयमा सामान्य मतान्तर रहेपनि त्यसले सदियौ देखिको सुमधुर सम्बन्धमा चिसोपना नआउने बताए ।

अन्तर संबादमा नेपाली काँग्रेसले जारी गरेको विज्ञप्तिको बारेमा सरकारको धारणाको विषयमा गरिएको प्रश्नमा सरकारको वक्तव्यमा मुलभुत रुपमा कुनैपनि सार्वभौम सत्ता सम्पन्न मुलुकले स्वतन्त्र रुपमा आफ्नो निर्णय गर्ने अधिकार पाउँनुपर्छ र त्यसमा कुनैपनि समस्या आएमा शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान खोजिनुपर्छ भन्नेनै सरकारको वक्तव्यको मुख्य सार रहेकाले त्यसमा काँग्रेसको कहाँ निर असहमति हो काँग्रेसलेनै जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ४४ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु