न्याय निरुपणमा ढिलाइ गर्ने छूट न्यायाधीशलाई छैन– राष्ट्रपति « Khabarhub

न्याय निरुपणमा ढिलाइ गर्ने छूट न्यायाधीशलाई छैन– राष्ट्रपति


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले न्यायपालिकालाई अझै सक्षम र सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।

बुधवारदेखि राजधानीमा शुरु भएको न्यायाधीशरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दैै राष्ट्रपति भण्डारीले स्रोत र साधनको अभाव देखाएर न्याय निरुपणमा ढिलाइ गर्ने छूट न्यायाधीशलाई नभएको बताइन् ।

ढिलो न्याय दिनु अन्याय गर्नु सरह हुने भएकाले न्याय निरुपणमा ढिलाइ गर्न नहुने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले निष्पक्ष न्याय सम्पादनका लागि न्यायालयलाई स्वतन्त्र राख्न सम्वद्ध सबै पक्ष चनाखो हुनुपर्ने पनि बताइन् ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको न्याय निरुपणको कामलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम संचालन गर्न पनि न्यायपालिकासँग आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले नयाँ मुलुकी ऐनको प्रभावकारी कार्यान्वयन गर्न न्यायालय सक्षम रहेको दावी गरे ।

प्रधानन्यायाधीश जबराले न्यायालयको स्वतन्त्रता र स्वायत्तताको सुनिश्चित गर्नु न्यायालयका लागि सर्वोपरी, सर्वकालीन र महत्वको विषय भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक संरचनागत सुधार गर्दै लगिएको पनि बताए ।

प्रधानन्यायाधीश जबराले संविधानको मर्म र भावनाअनुसार न्याय निरुपणको कामलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र र सक्षम न्याय पालिकाको आवश्यक्तामा जोड दिए ।

न्याय सेवालाई प्रभावकारी बनाउन पनि न्यायालयहरु क्रियाशील हुनुपर्ने तिमिल्सिनाको भनाइ थियो ।

‘न्यायपालिकाको स्वतन्त्रताः न्यायिक सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । देशभरका सबै न्यायाधिशहरु भेला भएको सम्मेलनले न्यायपालिकाका काम कार्वाहीलाई अझै प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले संघीयताको कार्यान्वयनका लागि आवश्यक कानुनी संरचना बनाउन र न्यायालयको चौंथो रणनीतिक योजना बनाउन पनि सम्मेलनले सघाउन पु¥याउने विश्वास लिइएको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ०८ बजे

इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता

जकार्ता– इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा

लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिमा रोयल्सविरुद्ध खेलिरहेको

पोखरा एभेन्जर्सले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले दोस्रो

नयाँ अध्यागमन ऐन ल्याउन विज्ञहरूको सुझाव

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले  अध्यागमन ऐन, २०४९

पोखराको फितलो बलिङमा सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सविरुद्ध