नेकपा केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान « Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै आजदेखि हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् ।

पार्टी फुटको संघारमा रहेकोले फुट्नबाट जोगाउन केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिने केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

पछिल्लो समय नेकपाभित्रको विवादले पार्टी फुटतर्फ उन्मुख बनेको बेला केन्द्रीय सदस्यहरुले शीर्ष तहबाट समस्या समाधान गर्न नसकेको भन्दै केन्द्रीय कमिटिबाटै समाधान खोज्नुपर्ने माग गरेका हुन् ।

केन्द्रीय सदस्य गैरेले भने ‘पार्टीभित्रको विवादको विषयमा केन्द्रीय सदस्यले पनि धारणा राख्न पाउनुपर्छ, दुई अध्यक्षले हाम्रा कुरा सुन्नुपर्छ, हामी पनि उहाँहरुका कुरा सुन्छौ।’

केही दिन यता केन्द्रीय कार्यालयमा पार्टी एकताको लागि धर्ना दिंदै आएका नेताहरु पार्टी नेतृत्वलाई एकताको दबाब दिन आजैदेखि हस्ताक्षर अभियानमा लाग्ने जनाएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ०९ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता