एकसातामा कोरोनाले १३ नेपालीको विदेशमा मृत्यु : एनआरएनए | Khabarhub Khabarhub

एकसातामा कोरोनाले १३ नेपालीको विदेशमा मृत्यु : एनआरएनए


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विदेशमा एकसाताभित्र १३ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६, भारतमा ५, ओमानमा एक र कुवेत एक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ मुलुकमा रहेका १४३ नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।

हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको जनाइएको छ ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : ०५ बजे

यी नदीहरूमा आज बाढीको बहाव उल्लेख्य बढ्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने  दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

डडेल्धुरा- प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

झापा- डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका