कांग्रेस बैठक बस्दै, ओली - देउवा गोप्य भेटको विषय पनि छलफलमा | Khabarhub Khabarhub

कांग्रेस बैठक बस्दै, ओली – देउवा गोप्य भेटको विषय पनि छलफलमा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाभित्रको विवादले सरकार परिवर्तनको चर्चा चुलिएका बेला प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको गोप्य भेटघाटको विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो । उक्त भेटमा सत्तासमीकरणको विषयमा छलफल भएको अनुमान गरिदैँ आएको छ ।

कांग्रेसका केही नेताहरूले संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी पदपूर्तिको विषयमा उक्त भेटघाट भएको बताउँदै आए पनि सबै पक्ष त्यसमा विश्वस्त हुन सकेका छैनन् ।

यस्तै आजको बैठकमा अन्य समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाइएको छ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : २३ बजे

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको

रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा