ट्वीटरले थप्न सक्छ ‘एडिट’ अप्सन, राख्यो शर्त « Khabarhub

ट्वीटरले थप्न सक्छ ‘एडिट’ अप्सन, राख्यो शर्त


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर थप्ने संकेत दिएको छ । ट्वीटरले आफ्नो प्रयोगकर्तालाई सम्पादन गर्न मिल्ने फिचर दिन सकिने बताएको हो ।

ट्वीटरको आधिकारिक ह्याण्डलमा एक ट्वीट गर्दै भनिएको छ, ‘यदि सबैले मास्कको प्रयोग गरे भने तपाईंसँग सम्पादन गर्न मिल्ने बटन हुनसक्छ ।’

लामो समयदेखि ट्वीटर प्रयोगकर्ताले ट्वीटमा पनि सम्पादनको सुविधा हुनुपर्ने माग गर्दै आएका छन् । केही समयअघि भने ट्वीटर यस्तो कुनै फिचर नथप्ने बताएको थियो ।

सामाजिक सञ्जाल फेसबूकले भने आफ्ना पोस्ट सम्पादन गर्न मिल्ने सुविधा दिँदै आएको छ ।

कतिपयले कोरोना भाइरसको बढ्दो प्रकोप न्यूनीकरण गर्न मास्क लगाउनका लागि ट्वीटरले यस्तो भनेको हुनसक्ने जनाएका छन् ।

शुक्रवार गरिएको उक्त ट्वीटमा ४१ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् भने ७ लाखभन्दा बढीले रिट्वीट गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : १७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर