अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा रहेन : मन्त्री मगर | Khabarhub Khabarhub

अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा रहेन : मन्त्री मगर


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ञ्ची खानेपानी आयोजनाको पानी परीक्षण सुरु भएको बताएकी छिन् ।

आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै उनले भनिन्, ‘अब मेलम्चीको खानेपानी एकादेशको दन्त्य कथा जस्तो रहेन। यसको चाँडै नै अन्त्य भइ साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ।’

उनले असार महिनाभित्र मेलम्चीको पानी काठमाडौमा झार्ने र साउनदेखि धारामा वितरण गर्ने बताइन्।

उनले मेलम्ची आयोजना सम्पन्‍न गर्न निकै चुनौती तथा कठिनाइहरु भोग्नु परे पनि सफल भएको बताइन् ।

उनले पानी टेस्टिङ प्रक्रियामा अगाडी बढेको हुँदा छिट्टै काठमाडौँमा आने बताइन् ।

मन्त्री मगरले पानीको आवश्यक टेस्टिङ प्रक्रिया सकेर आवश्यक नेतृत्वसँग छलफल गरेर छिट्टै उद्घाटनको मिति तय गर्ने जानकारी दिइन्।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परीक्षण कार्य बिहान ९:४५ बजेदेखि शुरु गरिएको हो।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ५५ बजे

डोल्पाका याक मुस्ताङमा

मुस्ताङ – हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्