सल्यानमा हालसम्म १५७ ले जिते कोरोना विरुद्धको लडाइँ « Khabarhub

सल्यानमा हालसम्म १५७ ले जिते कोरोना विरुद्धको लडाइँ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सल्यानमा आइतबार थप पाँच जना कोरोना भाइरस संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतबार आइसोलेसनमा उपचार गराई रहेका दुई कर्मचारीसहित पाँच जनाले कोरोना जितेका हुन्। योसँगै सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ५७ पुगेको छ।

स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार लुहापिङ आइसोलेसनमा उपचार गराइरहेका दार्मा गाउँपालिकाका पाँच जनाको पछिल्लो स्वाबको रिपोर्ट नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ।

एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको हो। कोरोना भाइरसबाट निको भएका दुई जना दार्मा गाउँपालिकाका कर्मचारी हुन भने तीन जना भारतबाट आई क्वारेनटाइनमा बसेका नागरिक हुन्।

सल्यान अस्पतालबाट ८ जना, आइसोलेसन कक्ष लुहापिङबाट १ सय २२, प्रदेश अस्पताल सुर्खेतबाट १३ र मिसन अस्पताल चौरजहारीबाट ११ जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।

सल्यानमा हालसम्म २ सय ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ४४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन