कांग्रेससँगको सामिप्यता देखाएर गुट तर्साउने धन्दा बन्द गर : नेता थापा  « Khabarhub

कांग्रेससँगको सामिप्यता देखाएर गुट तर्साउने धन्दा बन्द गर : नेता थापा 


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुट विवादमा एकले अर्कोलाई तर्साउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहयोग मागेको र विभिन्न मन्त्रालय अफर गरेको भन्ने चर्चा चलिरहेका बेला युवा नेता थापाको यस्तो टिप्पणी आएको हो ।

‘जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन्,’ सामाजिक संजालमा थापाले लेखेका छन्, ‘यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।’

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि उनले कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष रहेको बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्-  “नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष छ । कसैलाई कुनै भ्रम नरहोस्– कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन !,”

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : ५३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका