अब एकजनाले एउटै कम्पनीको २ भन्दा बढी सिमकार्ड नपाउने « Khabarhub

अब एकजनाले एउटै कम्पनीको २ भन्दा बढी सिमकार्ड नपाउने


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब एक व्यक्तिले एकै कम्पनीका दुइ वटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएपछि यस्ताे व्यवस्था लागू हुन लागेकाे हाे ।

यद्यपि, एक व्यक्तिले फरक फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउने छैन ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो ।’

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : २९ बजे

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन