सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा पुगेपछि कृषक हर्षित « Khabarhub

सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा पुगेपछि कृषक हर्षित


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।

आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी  पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ ।

नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीका किसान मानबहादुर मगरले बताए ।

‘सधैँ रोपाइँ गर्ने बेला आकाशे पानीको भर पर्नुपथ्र्यो, अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ’, उनले भने ।

सिक्टाको पानी खेतबारीमा पुगेपछि कम्दी गाउँका किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेको डुडुवा – ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिए ।

‘सिक्टाको पानी आएपछि अहिले किसानले आलु, गोभी र सागलगायत तरकारी खेतीबाट पनि आम्दानी गर्न सफल भएका छन्’, उनले भने, ‘सिक्टाको पानी खेतमा पुगेपछि समयमै खेती किसानी गर्न पाउँदा किसान खुशी भएका छन् ।’

आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए ।

उनका अनुसार पश्चिमीमूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो ।

‘हामीले वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौं, जेठ १५ पछि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतबारीसम्म पानी पुर्‍याउने काम भइरहेको छ’, आयोजना निर्देशक थापाले भने, ‘आयोजनाको सिँचाइ लक्ष्यको करीब आधाजसो क्षेत्रफलमा सिक्टाको पानी पुगेको छ ।’

अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना धानखेतीलाई सहजै सिँचाइ दिन सकिने आयोजना निर्देशक थापाले जानकारी दिए ।

यसअघि परीक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मूल नहर पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चङ्गाई नाला नजीक भत्किएको थियो ।

सिक्टा सिँचाइ आयोजनाको कुल बजेट २५ अर्ब रहेकामा १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ४३ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना