नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित | Khabarhub Khabarhub

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ ।

नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक असार २४ गते ११ बजे बस्ने जानकारी दिएका छन् ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने बताइएको छ । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिदै आएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ०५ बजे

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर– प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौं– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको

रेड नोटिस जारी भएकी एक महिला युएईबाट पक्राउ

काठमाडौं– प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक

नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिज : पहिलो भिडन्त शनिबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट

आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी