कोरोना भाइरसबाट विश्वमा ५ लाख ३७ हजार भन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरसबाट विश्वमा ५ लाख ३७ हजार भन्दा बढीको मृत्यु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४६ हजार ८४५ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९४ हजार १७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १४२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ५७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २५ लाख १५ हजार ३६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९३ हजार ७४१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३४ लाख ९४ हजार ६८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७५ हजार ६५१ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ८४ हजार ८६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९३ हजार ८४५ को मृत्यु भएको छ । एसिया २५ लाख ८६ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६२ हजार २६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ७९ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार ४०० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ०५ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।