सञ्जय लीला भन्साली पुगे बान्द्रा प्रहरी स्टेशन, सुशान्तबारे सोधपुछ गरिने « Khabarhub

सञ्जय लीला भन्साली पुगे बान्द्रा प्रहरी स्टेशन, सुशान्तबारे सोधपुछ गरिने


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए ।

सुशान्तको निधनलाई लिएर भारतीय निर्देशक सञ्जय लीला भन्सालीसँग पनि सोधपुछ गरिने भएको छ । प्रहरीले बोलाएपछि सञ्जय बान्द्रा प्रहरी स्टेशन पुगेका छन् ।

समाचार एजेन्सी एएनआईले सुशान्त सिंह राजपूत केशका सिलसिलामा भन्साली बान्द्रा प्रहरीकहाँ पुगेको बताएको छ ।

भन्सालीसँग सुशान्तको सम्बन्ध र उनी डिप्रेसनमा परेकोबारे सोधपुछ गरिने भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार भन्सालीले सुशान्तलाई ३ फिल्ममा एप्रोच गरेका थिए ।

अहिलेसम्म सुशान्तको आत्महत्यालाई लिएर प्रहरीले २८ जनासँग सोधपुछ गरेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाउँदा झुण्डिएर सास फेर्न गाह्रो भई ज्यान गएको उल्लेख छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि