भारतको सहयोगमा निर्मित सप्तमाई गुरुकुलको भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा निर्मित सप्तमाई गुरुकुलको भवन उद्घाटन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको बरबोटेमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङमय अध्ययन तथा अनुसन्धान केन्द्रको भवन आज उद्घाटन गरिएको छ ।

भारत सरकारको सहयोगमा निर्मित २४ कोठे भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक छविलाल रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार भारत सरकारको करिब ४ करोड रुपैयाँको लागतमा निर्मित भवन भिडियो कन्फरेन्सबाट उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित विद्यार्थीको सहभागिता थियो ।

भारतीय दूतावासका पदाधिकारी भने भिडियो कन्फरेन्सबाट उद्घाटन समारोहमा सहभागी भएका थिए ।

नेपाल भारत मैत्री भवन नाम राखिएको २४ कोठे भवन छात्रावास तथा पठनपाठनका लागि प्रयोग हुने प्रअ रेग्मीले बताए ।

भिडियो कन्फरेन्सबाट भवन उद्घाटन समारोहमा सहभागी भएका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यो विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई दक्ष तथा आधुनिक रुपमा संस्कृत भाषामा अध्यापन गराइँदैछ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४० बजे

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी