गर्मीयाममा शीतलता प्रदान गर्ने फलफूल | Khabarhub Khabarhub

गर्मीयाममा शीतलता प्रदान गर्ने फलफूल


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मी मौसम सुरू भैसकेको छ । बजारमा विभिन्न किसिमका फलफूलहरु देखिन्छ ।

गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूल खानु पर्छ । त्यसैले यी पाँच फलफूल खानुहोस्-

अङगुर : अङ्गुरले शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले मानसिक तनाव पनि कम गर्छ ।

लिची : गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । लिची खाएमा गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ ।

आँप : आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

काँक्रो : काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा काँक्रो खाएमा उपयुक्त हुन्छ । यो खाँदा शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ ।

खरबुजा : गर्मी मौसममा पाइने फल खरबुजा हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्यास्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४९ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न