विप्लव समूहका पूर्वभोजपुर सेक्रेटरी पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका पूर्वभोजपुर सेक्रेटरी पक्राउ


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्वभोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

संगठित तथा विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा सग्लन भई फरार रहेका राईलाई आइतबार प्रक्राउ गरेर आज सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका –९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जस बहादुर राईको घर खानखलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

घरधनी राई फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ०५ बजे

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर– प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौं– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको

रेड नोटिस जारी भएकी एक महिला युएईबाट पक्राउ

काठमाडौं– प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक

नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिज : पहिलो भिडन्त शनिबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट

आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी