तुलसीपुर कारागारमा एक कैदीको मृत्यु | Khabarhub Khabarhub

तुलसीपुर कारागारमा एक कैदीको मृत्यु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उनले भने, ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’ कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो ।

कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : १६ बजे

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक