तीनकुने र नख्खु क्षेत्रमा संकलित ‘स्वाब’मा देखिएन कोरोना संक्रमण « Khabarhub

तीनकुने र नख्खु क्षेत्रमा संकलित ‘स्वाब’मा देखिएन कोरोना संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तीनकुने र नख्खु क्षेत्रका २२८ जनाको स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको छ।

मन्त्रालयले काठमाडौंको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ कि छैन भनेर परीक्षण गरिएकोमा ती दुई क्षेत्रका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत काठमाडौंका विभिन्न १० ठाउँमध्ये २ ठाउँका स्थानीयको कोरोना परीक्षण गरिएको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार तिनकुने र नख्खु टोलका २२८ जनाको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

‘काठमाडौं उपत्यकाको समुदायमा कोभिड १९ को संक्रमण फैलिएको छ कि छैन भनी विभिन्न ठाउँबाट स्वाब लिई परीक्षण गर्ने क्रममा १० ठाउँमध्ये तीनकुने र नख्खु टोलमा २२८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ देखिएको छ,’ डा गौतमले भने, ‘अन्यको परीक्षणको रिपोर्ट आउने क्रम जारी छ ।’

काठमाडौंका विभिन्न क्षेत्रमा स्रोत नखुलेका संक्रमित भेटिन थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौंमा समुदायमा संक्रमण छ वा छैन भनेर स्थानीयहरुको कोरोना परीक्षण गर्न शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : १७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान