भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५४ जनामध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी भएको खुलेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजालेले अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

तजालेका अनुसार ४ जना मध्ये ३ जना अस्पतालको प्रयोगशालामा कार्यरत ल्याव टेक्निसियन र एकजना ओपीडी सहयोगी हुन् । उनीहरुमध्ये २ जना पुरुष र २ जना महिला छन् । उनीहरु मध्ये एकजना धनकुटा स्थायी ठेगाना भएकी तर भक्तपुरमा डेरामा बस्दै आएकी महिला हुन् भने अन्य ३ जना भक्तपुर कै स्थानीय हुन् ।

अस्पतालका प्रशासन प्रमुख तजालेका अनुसार ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा बिरामीको रगत परीक्षणको क्रममा कोरोना सरेको हुनसक्ने बताए ।

“हाम्रो अस्पताल दुई साता अगाडि आएका व्यक्तिमा कोरोना पुष्टि भएको थियो, आज ४ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो,” उनले खबरहबसँग भने, “बिरामीहरु मास्कसमेत नलाइ उपचार गर्न आउँछन् त्यसैले पनि हामीलाई जोखिम बढी छ । बिरामीबाटै सरेको हो भन्ने लाग्छ ।”

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : १० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन