सीपील क्रिकेट : सन्दीपले जमैका तल्लावाजबाट खेल्ने « Khabarhub

सीपील क्रिकेट : सन्दीपले जमैका तल्लावाजबाट खेल्ने


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमिर लिग (सीपीएल) टोली जमैका तल्लावाजले आफ्नो टीममा आवद्ध गरेको छ ।

सोमबार सार्वजनिक भएको ड्राफ्टको पहिलो राउण्डमै तल्लावाजले लामिछानेलाई टीममा आवद्ध गरेको हो ।

तेस्रो पटक सीपीएल खेल्न लागेका लेग स्पिनर लामिछानेका लागि तल्लावाजले झण्डै करोड हाराहारीमा खर्च गरेको छ ।

यो सिजनको सीपीएलका लागि लामिछानेको ड्राफ्ट मूल्य ९० हजार अमेरिकी डलर रहेको थियो ।

सन्दीपको टीममा वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल, कार्लोस बार्थबेट, रोबम्यान पावेल, तावरेइज शाम्सी, ग्लेन फिलिप्स लगायतका स्टार खेलाडी रहेका छन् ।

सन्दीपले यसअघि दुई सिजन सीपीएल खेलिसकेका छन् । उनले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिस तथा गत सिजन बार्बाडोस ट्रिडेन्टबाट खेलेका थिए ।

सीपीएल २०२० को ड्राफ्टका लागि विश्वभरका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन् । जहाँ सन्दीपको ड्राफ्ट मूल्य चौथो महंगोको लिस्टमा छन् ।

सन्दीपसमान ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डु प्लेसिस, दक्षिण अफ्रिकाकै डेभिड मिलर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डि’आर्चे सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ०७ बजे

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,

पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

गण्डकी– वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय चयन

एडिलेड– साउथ अष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्था एडिलेड नेपाली समाजको