जिल्ला प्रशासनद्वारा सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित) « Khabarhub

जिल्ला प्रशासनद्वारा सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सवारी साधनको चाप बढेसँगै कोरोना संक्रमणको जोखिम थपिएको भन्दै सवारी पास वितरण प्रणालीमा नयाँ नियम लागू गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक यातायात बाहेक अन्य अत्यावश्यक र निजी सवारीको हकमा जोर विजोर प्रणाली लागू गरेको थियो । त्यसपश्चात काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ ।

त्यसबाट थप जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक काम जस्तै मृत्यु संस्कार, विवाह, अस्पतालबाट डिस्चार्ज भएका तथा सरकारी संघसस्था तथा परियोजनाको कर्मचारीको हकमा बाहेक औचित्य विचार गरेर मात्रै पास जारी गरिने जनाएको छ ।

त्यस्तै अत्यावश्यक कामका लागि उपत्यका भित्रिएका सवारीको हकमा काम सकाएर फर्किदा अन्य व्यक्तिलाई लिएर जान नपाइने गरी पास जारी गर्ने गरी नयाँ नियम लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ३९ बजे

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको