सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो यस्तो रेकर्ड « Khabarhub

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो यस्तो रेकर्ड


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड राख्न सफल भएको छ ।

सोमवार रिलिज भएको फिल्मको ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो ।

यो ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक गरेका थिए । त्यस्तै हजारौंले प्रतिक्रिया जनाएका थिए । कतिले सुशान्तको फिल्म ‘दिल बेचारा’ को ट्रेलर हेर्दा आफू रोएको प्रतिक्रिया दिएका थिए ।

ट्रेलर रिलिज हुनुअघि नै प्रतीक्षित दर्शकले ५५ हजार लाइक गरिसकेका थिए ।

यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ । फिल्ममा मुकेश छाबडाको निर्देशन छ भने सैफ अली खानको पनि अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ११ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक