चिनियाँ राजदूतको राजनीतिक सक्रियता, नेकपाका बरिष्ठ नेता नेपालपछि खनालसँग भेट « Khabarhub

चिनियाँ राजदूतको राजनीतिक सक्रियता, नेकपाका बरिष्ठ नेता नेपालपछि खनालसँग भेट


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिएका बेला चिनियाँ राजदूतले नेकपा शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छन् ।

दुईदिन अघि बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर छलफल गरेकी राजदूत होउ यान्छीले आज अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् । नेता खनाललाई भेट्न राजदूत यान्छी खनाल निवास डल्लु पुगेकी थिइन् ।

बिहान ९ बजेर १० मिनेटमा खनाल निवास पुगेकी उनी झण्डै एक घण्टा बसेर फर्किएकी थिइन ।

नेता खनाल र राजदूत यान्छीबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि पनि राजदूत यान्छीले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेकी थिइन ।

सत्तारुढभित्रको विवाद चर्किँदा चिनियाँ राजदूतले बढाएको राजनीतिक भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : १५ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।