मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार | Khabarhub Khabarhub

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३० वर्षीय भुवन आचार्य र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–५ माम्खाका २४ वर्षीय कृष्ण कार्कीलाई सोमबार साँझ हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

ना५ख ९५६९ नंको एलपी ट्रकमा तराईबाट ल्याइएको मार्बल दिक्तेल बजारस्थित कुमारी चलचित्र भवन नजिकै झार्ने क्रममा सोही मार्बलले किच्दा आचार्यको दाहिने हात र खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको जनाइएको छ ।

सोही घटनाका अर्का घाइते कार्कीको दाहिने खुट्टाको घुँडामाथिको भाग भाँचिनुका साथै शरीरमा समेत चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।

घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरेर जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएका दुवै जनाको उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टर झिकाएर काठमाडौँ पठाइएको प्रनाउ चिमोरियाले जानकारी दिए ।

घाइते दुवैलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरेर उपचार शुरु गरिएको गम्भीर घाइते आचार्यका आफन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताए । घाइतेलाई काठमाडौँबाट रु एक लाख ८० हजारमा एयर डाइनास्टिक हेलिकोप्टर चार्टर्ड गरेर पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : २१ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न