स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत गंगालाल अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द « Khabarhub

स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत गंगालाल अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत अस्पतालको ओपीडी सेवा बन्द गरेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै भर्ना भएका केही बिरामीहरुमा कोरोना पोजेटिभ देखिएको र थप सतर्कता अपनाउनुपर्ने भएकाले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन रुपमा स्थगन गरेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले लागु गरेको कोभिड–१९ केशको आइसोलेसन व्यवस्थापनसम्बन्धि निर्देशिकामा स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु कुनै पनि कारणले अवरुद्ध वा संस्था सिल गर्न नपाइने उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको उक्त निर्देशिकामा अस्पतालमा रहेका कुनै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकामा २ घण्टा भित्रमा उक्त स्थानलाई डिसइन्फेक्टेड गरी सेवा पुन: सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

‘प्रि आइसोलेसन वार्ड वा नियमित सेवा दिने युनिटमा कुनै व्यक्ति कोभिड पोजेभिट देखिएमा २ घण्टा भित्रमा उक्त स्थानलाई उचित सामग्रीको प्रयोग गरी डिसइन्फेक्टेड गर्ने र अविलम्ब पुन: सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ उक्त निर्देशिकामा भनिएको छ ।

मन्त्रालयको निर्देशिकाले २ घण्टा भित्र संक्रमित भेटिएको स्थान निसंक्रमण गरी सेवा सुचारु गर्नुपर्ने उल्लेख भए पनि आकस्मिक बाहेकको सेवा किन बन्द गरिएको भनेर हामीले अस्पतालका निर्देशक डाक्टर चन्दमणि अधिकारीलाई सोध्दा उनले अस्पताल बन्द गर्नुको कारणबारे आफूले कुनै कुरा नबोल्ने बताए ।

‘कोरोनाको बारेमा मैले केही बोलन मिल्दैन, कोरोना सम्बन्धि बोल्ने भनेको स्वास्थ्य मन्त्रालयले हो,’ अस्पतालको सेवा किन बन्द गरियो भन्ने प्रश्नमा डा. अधिकारीले भने, ‘मैले अहिले यो बारेमा केही पनि बोलिनँ, हामीले एउटा नोटिस निकालेको छ, आकस्मिक बाहेकको सेवा बन्द गरीएको छ, किन बन्न गरिएको भनेर मैले खबर गर्नुपर्ने स्वास्थ्य मन्त्रालयलाई गरिसकेको छु, यो बारेमा आधिकारिक रुपमा बोल्ने स्वास्थ्य मन्त्रालय नै हो मैले यो बारेमा बोल्दिन ।’

अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भर्ना भएका केही बिरामीमा संक्रमण देखिएकाले अस्पतालको आकस्मिक बाहेको सेवा बन्द गरिएको भनिए पनि कतिजना संक्रमित देखिएको भन्नेबारे खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गंगालाल अस्पतालमा उपचारत ७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिए ।

डा गौतमका अनुसार अस्पतालमा कोरोना संक्रमित भेटिएमा संक्रमित भेटिएको युनिटलाई मात्र सील गर्न पाइने र जतिसक्दो छिटो डिसइन्फेक्टेड गर्नुपर्ने बताए ।

गंगालाल अस्पतालमा बिरामीमा संक्रमित भेटिएपछि कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले अस्पतालले आकस्मिक बाहेकको सेवा बन्द गरेको हुनसक्ने बताए ।

‘अस्पतालमा संक्रमित भेटिएमा अस्पताल पुरै डिसइन्फेक्टेड गर्नुपर्ने होइन, बिरामी भएको युनिटलाई मात्र डिसइन्फेक्टेड गर्ने हो,’ मन्त्रालयका प्रवक्ता डा गौतमले भने, ‘त्यहाँ उनीहरु कन्ट्याक ट्रेसिङ गर्दैछन्, सेवा नियमित गर्न म्यानपावर पनि आवश्यक पर्छ त्यसैले आकस्मिक बाहेकको सेवा बन्द गरेका होलान् ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : ०० बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन