नेकपा अध्यक्षद्वयले वान टु वान वार्ता जारी राख्ने, स्थायी कमिटी बैठक पनि चलाउने | Khabarhub Khabarhub

नेकपा अध्यक्षद्वयले वान टु वान वार्ता जारी राख्ने, स्थायी कमिटी बैठक पनि चलाउने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ । आजको वार्ता पनि कुनै ठोस सहमतिमा नपुगी सकिएको नेकपा स्रोतले जनाएको छ ।

तर आजको बैठकमा अध्यक्षद्वयबीच वान टु वान वार्ता जारी राख्ने र स्थायी कमिटी बैठक पनि अघि बढाउने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीको आन्तरिक विवाद हल गर्ने भन्दै नेकपाको जारी स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । अर्को बैठक भोलिका लागि बोलाइएको छ ।

विवाद हल गर्न जुटेका अध्यक्षद्वय ओली र प्रचण्डबी आज प्रधानमन्त्रीनिवास बालुवाटारमा झन्डै दुई घण्टा छलफल भएको छ ।

बिहान ११:४० देखि १:३० सम्म भएको छलफलमा दुई अध्यक्षले बुधबार पुनः सुरु हुने तालिकामा रहेको स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी गरेका छन् ।

साथै, स्थायी कमिटी बैठक चल्दै गर्दा दुई अध्यक्षबीच पनि एक्लाएक्लै छलफल निरन्तर गर्ने समझदारी भएको बुझिएको छ ।

सोमबार भएको दुई अध्यक्षको छलफलमा दोस्रो तहका नेताहरूलाई वार्तामा सहभागी नगराई अध्यक्षद्वयले वान टु वान वार्ता गर्दै जाने समझदारी भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : ४७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय