काठमाडौं- नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा चार जिल्ला हाललाई कोरोना संक्रमणमुक्त भएका छन्।
प्रदेश नम्बर एक तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोनाका सबै कोरोना संक्रमित बिरामीहरु सफल उपचारपछि डिस्चार्ज भएका छन् ।
यी जिल्लामा अहिले कुने पनि कोरोनाका बिरामी रहेका छैनन् ।
यसअघि भोजपुरमा एक, तेह्रथुममा ३, सोलुखुम्बुमा ६ र हुम्लामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया