सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित « Khabarhub

सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले निष्कासन गरेको छ । पार्टीले निष्कासन गरेपछि उनको सांसद पद पनि गएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा उनलाई कारबाही गरिएको हो ।

पार्टीका सचिव मोहम्मद इतियाक राईले गिरीलाई पदबाट हटाइएको निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय गरिएको बताए ।

गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताएकी थिइन् । उनले सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाएकी थिइन् ।

जेठ २७ गते समाजवादी पार्टीले निसान छाप परिवर्तन गर्न संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, गिरीले असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पछि संसदमा बोल्न नपाएपछि बैठककै बीच उनी संसदबाट बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : १७ बजे

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको