आरडीटी परीक्षण पीसीआरको रिप्लेसमेन्ट पनि होइन : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

आरडीटी परीक्षण पीसीआरको रिप्लेसमेन्ट पनि होइन : स्वास्थ्य मन्त्रालय


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण बन्द नै गर्न नमिल्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा आरडीटी परीक्षण बन्द नै हुन नसक्ने बताएका हुन् ।

‘आरडीटी पीसीआरको रिप्लेसमेन्ट पनि होइन र पीसीआरको रिप्लेसमेन्ट आरडीटी पनि होइन तर अब संक्रमण भएका मान्छेहरु धेरै भइसकेपछि हामीले आरडीटी परीक्षण गर्दै लगेका छौं,’ डा गौतमले भने, ‘तर यो जिरो चाँही बनाउन मिल्दैन,यो बिरामीको हितको लागि गरिएको हो ।’

नले संक्रमण भएको १५ दिनपछि संक्रमितको पीसीआरभन्दा आरडीटी परीक्षण गर्दा सहि नजिता आउने बताए ।

‘विभिन्न अनलाइन मिडियाहरुमा आरडीटी परीक्षण किन गरेको भन्ने प्रश्न उठेको छ, त्यसमा म दुईलाइनमा प्रष्ट पार्न चाहन्छु,’ डा गौतमले भने, ‘आरटीडीले भाइरस हेर्ने हो, यसले इन्फेन्सन भएको ४,५ दिनदेखि ९,१० दिनसम्मको एक्युरीसी देखाउँछ । इन्फेक्सन भएको १५ दिन पछाडी पीसीआरले भाइरस पहिचान गर्दैन, र इन्फेक्सन भएका मान्छेहरुमा पनि रिपोर्ट नेगेटिभ देखाउन सक्छ, त्यस्तो अवस्थामा आरडीटी टेष्ट गरिन्छ ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ३१ बजे

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार

अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल – अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित