विश्वका खतरनाक ५ स्थान « Khabarhub

विश्वका खतरनाक ५ स्थान


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता स्थान छन् जहाँ आजकलका मानिसको बसोबास त धेरै परको कुरा त्यहाँ पुग्ने समेत सम्भावना छैन । तर आजभन्दा कैयौ सय बर्षअघिका त्यस स्थानमा मानिसको बसोबास रहेको प्रमाण भेटिएको छ ।

निकै अप्ठेरो र खतरनाक स्थलमा समेत मानिस बसेको प्रमाण पाएसंगै त्यसलाई अहिले पर्यटकिय स्थल बनाइएको छ । आज हामी यस्तै केहि अनौठा स्थानका बारेमा बताउँदै छौ :

१. कप्पादोकियाँ
टर्कीको प्राचीन अनाटोलिया प्रान्तमा स्थित कप्पादोकियालाई मानिसको पुरानो बसोबास स्थल मध्ये एक मानिन्छ ।

यस स्थानको अवलोकनले पनि मानव विकास क्रम कसरी भएको रहेछ भन्ने जानकारी पाउन सकिन्छ । जहाँ ईसा पुर्व छैठौ शताब्दिको रेकर्ड अनुसार पारसी साम्राज्यको सबैभन्दा पुरानो प्रान्त हो । यो स्थल युनेस्को विश्व धरोहरमा समावेश छ ।

२. अल हजराह
यमनको हराज पहाडको सबैभन्दा अग्लो भागमा बनेको एक पर्खालको शहर छ । जहाँ आजकल मानिसहरु पुग्ने सम्भावना निकै कम छ । तर यस स्थलमा पहिले मानिसको बसोबास थियो ।

जसलाई अल हजराहको नामले समेत चिनिन्थ्यो । आधिकारीक प्रमाणका आधारमा यसलाई १२ औं शताब्दिको मानिन्छ ।

३. पोन्टे वेकिया

इटालीको फिरेन्डे शहरको सम्झना योग्य पुल मध्ये एक हो, पोन्टे वेकियो अर्थात ओल्ड ब्रिज । यो पुल आर्नो नदीमा अवस्थित छ ।

यस पुलको निर्माण सन् १३४५ मा भएको थियो । तर केहि समय पश्चात यहि पुल माथि मानिसहरुले घर र पसलहरुको निर्माण गर्न थाले ।

४. रासानोऊ मनेस्ट्री मठ

ग्रीसको थेसले क्षेत्रमा एक सिधा ठाडो पहाडी भागमा रासानोऊ मनेस्ट्री मठ लाई सन् १५४५ मा दोश्रो पटक निर्माण गरिएको थियो ।

त्यसबेला यसलाई दुई दाजुभाई मैक्सिमोस र लोआस्फे मिलेर बनाएका थिए । यसमा चर्च, अतिथी कोठा, रिसेप्शन हल र डिस्प्ले हल समेत बनाइएको थियो ।

सन् १८०० मा यसमा जानेबाटोमा काठको पुल बनेपछि यस स्थानमा पुग्न सहज बनेको थियो ।

५. सी ल्याण्ड

समुन्द्रले जुन भागलाई आफ्नो बनाउँछ त्यसमाथि कुनै पनि देशको अधिकार हुदैन । तर सी फोर्टको भने रहस्य भने अनौठो छ ।

केहि मानिसले यसलाई विश्वको सबैभन्दा सानो राज्यको उपाधी दिएका छन् । सील्याण्डमा बनेको सी फोर्ट, ग्रेट ब्रिटेन आईलैण्डबाट १३ किलोमिटरको दुरीमा रहेको छ ।

पहिला यस सि लैण्डको आफ्नै पासर्पोट र मुद्रा समेत थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : २१ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु